• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बेपत्ता परिवारले अझैसम्म न्याय पाएनन

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १२, सोमबार २१:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,चैत १२(माउण्टेनसमाचार)/ द्वन्द्वकालमा बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्थाको बारेमा राज्यले अझैसम्म निचोड निकाल्स सकेको छैन । राज्यले बेपत्ताहरुको सत्य तथ्य अवस्था सार्वजनिक नगर्दा पिडित परिवारले न्याय नपाएको दुखेसो गर्छन् ।

    गम्भिर मानव अधिकारी उल्लंघन, पिडितहरुको मर्यादा र सत्यको अधिकारका लागि अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा आइतबार बेपत्ता परिवारका आफन्तले राज्यलाई झकझाकाउन गुलरियामा मौन ¥याली निकालेका थिए । द्वन्द्व पिडित समितिको नेतृत्वमा निकालिएको ¥याली बजार परिक्रमा गरि राधाकृष्ण चोकमा कोणसभा गरेको थियो । उक्त दिवसको अवसरमा अन्तरक्रियासमेत गरिएको छ । अन्तरक्रियामा सहभागि पिडित परिवारले न्याय नपाएको दुखेसो पोखेका छन् । देशमा शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि बेपत्ता परिवारका समस्या अझै समाधान नहुनु दुखद रहेको पिडितहरुको भनाई छ ।

    राज्यले बेपत्ताहरुको सत्य तथ्य जानकारी नदिदाँ पिडित परिवारलाई अनेकौ समस्या झेल्नु परेको उनीहरु सुनाउँछन् । बेपत्ता पुरुषका श्रीमतिहरुलाई आर्थिक, सामाजिक र मनोवैज्ञानिक रुपमा प्रभाव परेको छ । राज्यले बेपत्ताहरुको सत्य तथ्य अवस्था सार्वजनिक नगर्दा महिलाहरुले विभिन्न लालछनाको सामना गर्नु परेको छ ।

    श्रीमान बेपत्ता हुँदा समाजमा अनेक आरोपको सामना गर्नु परेको राजापुर नगरपालिका–१० की रामकली चौधरीले बताईन् । ‘२०५८ साल चैत २९ गते घरमा सुतिरहेको श्रीमानलाई राज्य पक्षले बेपत्ता बनायो’ चौधरीले भनिन्,‘कहाँ लगे अहिलेसम्म थाहा छैन ।’ हाम्रो मान्छेको अवस्था सार्वजनिक गर्नु प¥यो चौधरी भक्कानिदै भनिन् । त्यसपछि राज्यले स्वास्थ्य, शिक्षा र रोजगारको लागि हाम्रो बालबालिकाको लागि व्यवस्था गर्नुपर्ने माग रहेको उनले भनाई राखिन् ।
    २०५८ साल फागुन २३ गते नेपालगंज पढ्न गएको बेला बाटोबाटै श्रीमानलाई राज्य पक्षले बेपत्ता बनाएको राजापुर नगरपालिका–२ की रबिना चौधरीले बताईन् ।

    पिडित परिवारका यी महिलाहरु प्रतिनिधि पात्र मात्र हुन् । यी महिलाहरु जस्तै धेरै जना अनेकौ पिडाको सामना गर्दै जिवन यापन गर्न बाध्य छन् ।
    सबै भन्दा बढी बपत्ता पारिएको जिल्ला बर्दिया रहेको द्वन्द्व पिडित समितिका कार्यक्रम संयोजक मान बहादुर चौधरीले बताए । २ सय ५० जना बेपत्ता रहेको तथ्यांक छ । बेपत्ता पारिएका व्यक्तिहरुको सवालमा गम्भिर अवस्था छ’कार्यक्रम संयोजक चौधरीले भने,‘निरन्तर मानव अधिकार उल्लंघन भईरहेको छ ।’ बेपत्ताहरुको अवस्था अहिले पनि थाहा छैन ।

    पिडित परिवारले अझै पनि हाम्रो मान्छ घर आउने आशामा बसेका छन् । सरकारले पिडित परिवारबाट छानबिनको लागि उजुरी लिएको छ । तर सरकारले पिडित परिवारलाई सत्य तथ्य बताउन नसकेको संयोजक चौधरीको भनाई छ । अहिले आयोग बिघटन भएको अवस्था छ । आयोग पुनःगठनको लागि बेपत्ता आयोगसंग सम्बन्धित विधेयक संशोधन पेश भएको छ । कहिले विधेयक पास हुने र आयोग पुनःगठनको प्रक्रिया अन्योल छ । सरकारले चाँडो भन्दा चाँडो विधेयक पास गरेर आयोग गठन गरि पिडितहरुको आफन्तको खोजी कार्य अघि बढाएर घटनाको सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग रहेको संयोजक चौधरीको भनाई छ ।

    Post Views: 224
    प्रकाशित मिति: २०८० चैत्र १२, सोमबार २१:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.