बर्दिया, फागुन १४ गते / ठाकुरबाबा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना VITA को एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।


ठाकुरबाबा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उज्यालो नेपाल बर्दियाको साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नि:शुल्क पशु स्वास्थ्य शिविर ठाकुरबाबा नगरपालिका–९ हात्तिसार बर्दियामा सम्पन्न भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले बताए। पशु सेवा केन्द्रको पहुँच भन्दा टाढा रहेका किसानहरुलाई लक्षित गरि निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना गगरिएको लम्सालले भने ।

शिविरमा ठाकुरबाबा नगरपालिकाका पशु चिकित्सक डा. सिजन शाहि को नेतृत्वमा रहेको नगरपालिका तथा परियोजनाका प्राविधिकहरुको टिमले ५ सय भन्दा बढी साना–ठूला पशुहरूको चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण, जुकाको औषधी, कृत्रिम गर्भाधान, गर्भ परिक्षण, पशुहरुमा विभिन्न किसिमका लक्षणहरुको पहिचान गरि औषधि उपचार, साना/ठूला पशुको बन्ध्याकरण, छाला सम्बन्धि रोगहरु, भ्याक्सिनेशन, र अन्य विभिन्न रोगको चेकजाँच लगायतका सेवा प्रदान तथा लक्षणका आधारमा देखिएका अन्य रोगहरुको उपचार गरिएको परियोजनाका प्राविधिक संयोजक कमल खड्काले जानकारी दिनुभयो । नगर प्रमुख तिलकराम लम्सालले परम्परागत भन्दा व्यवसायिक रुपमा पशुपालन गर्न,नश्लसुधार गर्न र पशुहरुकोे नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्नु पर्ने र आन्तरिक तथा बाह्यपरजीवीकोे नियन्त्रण गर्नु पर्ने उनले भने ।
कृषकले समयमा भेक्सिनेसन गर्न तर्फ जोड दिनुपर्ने र पशुहरुको उत्पादकत्वमा वृद्धि गरि आर्थिक लाभ लिन पशुपालक किसानलाई अनुरोध गर्दै नगरपालिकाले पशुपालक किसानलाई हरेक कुरामा सहयोग गर्दै आइरहेको र यस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ हेरिरहेको र निरन्तरता दिने प्रतिवद्धता लम्सालले गरे ।
शिविरमा पालिका भित्रका १ सय ६१ भन्दा बढी पशु पालक किसानहरू लाभाम्बित भएकोे परियोजनाका प्राविधिक संयोजक कमल खड्काले बताउनु भयो ।




