• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २८, आईतवार २१:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,माघ २८/ साउदी अरेबियासँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव गरिएको छ । नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रुप दिन प्रस्ताव गरेको छ । यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’ मा सहभागी हुन पुगेका दुबै देशका अधिकारीहरुले एक महिनाभित्र श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने प्रस्ताव गरिएको हो ।

    नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा गएको नेपाली टोली र साउदीका श्रम अधिकारीहरुबीचको साइडलाइन बैठकमा नेपालले उक्त प्रस्ताव गरेको हो । विगत ८ वर्षदेखि साउदीसँग श्रम समझदारी गर्ने प्रयास भइरहेको छ । तर, सफल हुन सकेको छैन । साउदीले श्रमिकको हितको विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न नसकेको श्रम मन्त्रालयले जनाएको छ ।

    आइतबारको बैठकमा नेपाली पक्षले सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’, सामाजिक सुरक्षा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयमा छलफल गर्न आग्रह गरेको थियो । साउदीले घरेलु श्रमिकको लागि पनि छुट्टै श्रम समझदारी गर्नुपर्ने अडान लिँदा श्रम समझदारी हुन सकेको थिएन । श्रम मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले साइडलाइन बैठकमा साउदीबाट सीपमूलक जनशक्ति उत्पादन निम्ति तालिम केन्द्र स्थापना गर्न हालसालै प्राप्त सहयोगलाई निरन्तरता दिने विषय छलफल भएको बताए । त्यस्तै भाषा र सीप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्नेबारे समेत छलफल भएको उनको भनाइ छ ।

    कफाला प्रणाली एवं विभिन्न कारणले मृत्यु भएका श्रमिकको डेथ बडी छिट्टै नेपालसम्म पठाउन सक्नेगरी सहजीकरण एवं सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थाको निरुत्साहित गर्ने विषयमा समेत छलफल भएको थियो । खाडी मुलुकको निजी क्षेत्रहरुबाट दक्ष जनशक्तिको माग बढ्दै गएको हुँदा सीपयुक्त जनशक्ति विकासको लागि लेबर रिसिभिङ कन्ट्री लेबर सेण्डिङ कन्ट्रीबीच सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।साभार रातोपाटी

    Post Views: 248
    प्रकाशित मिति: २०८० माघ २८, आईतवार २१:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.