बर्दिया,माघ २५(माउण्टेनसमाचार)/ बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेयलाई जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट कार्यायलय प्रमुख घोषित गरेको छ । कार्यसम्पादनको आधारमा मेसु डा.पाण्डेयलाई प्रशासनले उत्कृष्ट कार्यालय प्रमुख घोषित गरेको हो । प्रशासनले मेसु डा.पाण्डेयलाई उत्कृष्ट कार्यालय प्रमुख घोषित गरि प्रशंसा पत्र दिएको छ ।

उत्कृष्ट कार्य सम्पादन गरेकालाई प्रशासनले प्रत्येक महिना उत्कृष्ट कार्यालय प्रमुख उद्घोष गर्ने व्यवस्था गरेको छ । कार्य सम्पादनको आधारमा उत्कृष्ट कार्यालय प्रमुख घोषणा गर्ने प्रशासनको कार्यले उर्जा थपिने छ । पौष महिना देखि उत्कृष्ट काम गर्ने कार्यालय प्रमुखहरुलाई उत्कृष्ट कार्यालय प्रमुख घोषणा गर्ने परम्परा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताएका छन् ।
कार्यालय प्रमुखहरुको मासिक बैठक र कार्य सम्पादनको समिक्षाले भएका कमीकमजोरीलाई सच्चाएर प्रभावकारी सेवा प्रर्वाह गर्न मद्दत पुग्छ । साथै कार्य सम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट कार्यालय प्रमुख घोषणाले थप जिम्मेवारी बोध गराउने विश्वास छ ।
कार्य सम्पादन, स्थलगत अनुगमन र सेवाले जनसमुदायमा परेको प्रभावलाई आधार मानेर प्रशासनले गरेको मुल्यांकनमा उत्कृष्ट कार्यालय प्रमुख घोषणा भएको मेसु डा.पाण्डेयले बताए । त्यसैगरि मासिक रुपमा भौतिक प्रगति, आर्थिक प्रगति र देखिएका समस्या उल्लेख गरि जिल्ला प्रशासन कार्यालयमा रिपोर्ट पठाउने गरेको जानकारी दिए ।




