• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तम्घासमा बाँदरले दुःख दिएपछि रुख कटान

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १७, बुधबार ०८:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तम्घास, माघ १७ गते / तम्घासमा बाँदर र बदेलले दुःख दिएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् ।

    जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरीलगायत झाडी फडानी गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले तम्घासको उदिन ढुङ्गास्थित आर्दश बोडिङ स्कुलदेखि तिनधारा हुँदै वडा नम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।

    सुनसन बन्दै गएको गाउँबस्तीमा कुकाठ र झाँडीले ढाकेपछि किसानलाई बाली संरक्षण गर्न सकस भएका कारण रुख कटान गरेको स्थानीयहरुले जनाएका छन् । वडावासीहरुले लगाएको अन्नवाली जङ्गली जनावरले सखाप पारेर हैरान बनाएपछि कुकाठ र झाँडी फडानी गरेको वडा नम्बर १ का वडाअध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।

    झाडी फडानीले बाँदर नियन्त्रणमा सहज भएको कृषक सुन्तली कामीले बताउनुभयो । पहिले एक्लै हिँडडुल समेत गर्न समस्या हुने गरेको उक्त स्थानमा अहिले झाडी र कुकाठ काट्नाले सहजता र वस्ती नै उज्यालो भएको उहाँको भनाइ छ ।

    कुकाठ र झाडीका कारण खेतबारी तथा घर रहेको अन्नबाली खाने र प्रायः दुःख दिने गरेको गरेको कृषकको गुनासो छ । कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्दै आएको स्थानीय उमाकान्त पन्थीले बताउनुभयो ।

    गत वर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो । त्यसबाट प्रतिफल नआएपछि अहिले झाडी फडानी गर्नका लागि ७० हजार रुपियाँ व्यवस्था गरेको वडाअध्यक्ष पन्थीले बताउनुभयो ।

    फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसारलगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ ।

     

    गोरखापत्र/ तिलाचन पाण्डे

    Post Views: 211
    प्रकाशित मिति: २०८० माघ १७, बुधबार ०८:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.