• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चिसो र शीतलहरका कारण मधेस प्रदेशमा जनजीवन कष्टकर

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार १०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारा, माघ ८ गते / तराई मधेसमा लगातार दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । चिसोको कारण गरिब, विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् ।

    शीतलहर र बाक्लो हुस्सुका कारण राजमार्गमा यातायातका साधन कम देखिएका छन्, दिउँसै बत्ती बालेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ । चिसोले बजार क्षेत्रमा चहलपहल घटेको छ ।

    रौतहटका प्रमुख जिल्ला हिरालाल रेग्मीले जिल्ला विपत् व्यवस्थापन कोषबाट ब्याङ्ल्केट खरिद गरेर गरिब, विपन्न, दलित, एकल महिला, वृद्धवृद्धा, कारागारका थुनुवा, सरकारी अस्पतालका बिरामीलाई वितरण गरिएको बताएका छन् । ‘रौतहटमा स्थानीय तहले खासै केही गरेका छैनन्, हामीले विपत् व्यवस्थापन समिति कोषको रकमबाट न्यानो कपडा खरिद गरेर वितरण गरेका छौ’ रौतहटका प्रजिअ रेग्मीले भने ‘देशभरकै ७७ वटै जिल्लामा विपत् व्यवस्थापन समितिको कोषमा रकम छ । यस्तै विपत्को अवस्थामा यो रकम खर्च गर्ने हो ।’

    रौतहटमा स्थानीय प्रशासनले गत वर्ष खरिद गरेर बाँकी रहेको र थप खरिद गरी करिब २ हजार ब्याङ्लकेट वितरण गरेको जनाएको छ । रौतहटका स्थानीय तहहरूले गत वर्ष माघ १० गते पछिदेखि घाम लागेकोले अब न्यानो कपडा वितरण खासै आवश्यक नरहेको दाबी गर्दै आएका छन् ।

    यता सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सर्लाहीमा चिसोबाट बच्न स्थानीय पालिकाहरूले अहिलेसम्म खास कुनै कार्यक्रम नगरेको बताएका छन् । ‘एक डेढ सातादेखि लगातार चिसो बढे पनि वन कार्यालयले दाउरा बाँड्नेबाहेक अहिलेसम्म यहाँ स्थानीय पालिकाहरूले कुनै कार्यक्रम गरेको छैन,’ सहायक प्रजिअ घिमिरेले भने ।

    बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मधेस प्रदेश सरकारले न्यानो कपडा सहयोग गर्ने आश्वासन दिए पनि हालसम्म केही नपठाएको गुनासो गरे । ‘हाम्रो जिल्ला विपत् व्यवस्थापन कोषमा खासै पैसा छैन । हामीले पनि अन्य निकायको सहयोगमा न्यानो कपडा वितरण गर्ने हो । प्रदेश सरकारले ३ दिनअघि कम्मल पठाइदिन्छु भनेको हो तर अहिलेसम्म आएको छैन,’ घिमिरेले भने ।

    बारामा स्थानीय तहहरूको सिफारिसमा डिभिजन वन कार्यालय बाराले बारा, पर्सामा आगो ताप्नका लागि गाउँगाउँमा दाउरा वितरण गर्दै आएको छ । ग्रामीण भेगका चोक, चौताराहरूमा वृद्धवृद्धाहरू चिसोबाट बच्न दिनभर आगो तापेर बस्ने गरेका छन् ।

    पछिल्लो २ सातादेखि बढ्दै गएको चिसो,शीतलहर र हुस्सुका कारण बाराको सिमराबाट हुने हवाई उडानहरू समेत सबै अवरुद्ध भएको छ । साथै डेढ सातापछि आइतबारदेखि खुलेका विद्यालयहरू पनि चिसोको कारण स्थानीय तहले सूचना निकालेर पुनः ३ दिन बन्द रहने जनाएको छ । रातोपाटी

    Post Views: 230
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार १०:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.