बाँसगढी, माघ ६ गते (माउण्टेनसमाचार) / बाँसगढीको महोत्सवमा माघ ६ गते आज चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् । बाँसगढी उद्योग वाणिज्य संघ बाँसगढी बर्दियाको आयोजनामा गत पुस २९ गतेदेखि बाँसगढी बजारमा सुरु भएको कृषि, पर्यटन उद्योग व्यापार तथा संस्कृतिको पहिचान विकास र समृद्धमा हामी सबैको अभियान भन्ने मुल नाराका आयोजित छैंठौ बाँसगढी औद्योगिक कृषि पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८० को आज माघ ६ गते शनिबार ज्योति मगर आउने आयोजक बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्धिनाथ बरालले जानकारी दिए।

नेपाली सांगितिक क्षेत्रकी गायिका मगर संगै गायिका अस्मिता अधिकारी, गायक आर.के. थारु मोडल आरोसी अस्लामी र उद्घोषकमा नविन पौडेलको आज शनिवार साँझ दमदार प्रस्तुती रहने समेत अध्यक्ष बरालले बताए।
बाँसगढी महोत्सवमा राष्ट्रिय कलाकारहरु को वेजोड प्रस्तुतिले दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ ।
यसअघि महोत्सवमा नायक पल शाह, धुर्मुस सुन्तली र प्रमोद खरेल लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
माघ ९ घते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले वेजोड प्रस्तुति दिइरहेका छन् ।




