बर्दिया,पौष १४(माउण्टेनसमाचार)/ भोली आइतबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित नायक पल शाह आउने आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भईरहेको महोत्सवमा आइतबार चर्चित नायक शाहलगायका कलाकार आउँदैछन् ।


चर्चित नायक पल शाह, गायिका पुर्णकला विसी, मोडल डान्सर भावना चौधरी र काजी श्रेष्ठको महोत्सवमा बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।

महोत्सवमा आज शनिबार चर्चित गायक दुर्गेश थापाले आफ्नो प्रस्तुतीमार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन गराएका छन् । घमन्डी, बम बम भोले,यो यो दुर्गेश थापा हो, रातो रातो खुर्सानी पिरो छ, हामी पनि नाच्नु पर्छ बिच बिचमा, कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा लगायतका गित पस्किँदा दर्शकहरु भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि) महोत्सव संचालन भईरहेको छ ।




