• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सरकार असफल भयाे भनी मिडियाहरूले नकारात्मक टिप्पणी गरे: प्रधानमन्त्री दाहाल

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ५, बिहीबार २०:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विराटनगर,पौष ५ / प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षले अहिलेको सरकारले ऐतिहासिक काम गरेको दाबी गरेका छन्। बिहीबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा ऐतिहासिक काम भएको दाबी गरे।

    उनले भने ‘भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा नेपालको इतिहासमै अहिलेको सरकारले गरेजत्तीको लेभलको काम भएको थिएन।’ दाहालले सरकारले राम्रा काम गरिरहेको भए पनि केही मिडियाहरूले बुझेर हो की नबुझेर सरकार असफल भयो भनेर नकारात्मक टिप्पणी गरिरहेको आरोप लगाए। प्रचण्डले भने, ‘सरकारले राम्रा काम गरेर कामका हिसाबले सयौँ रेकर्ड राखेको छ।

    तर, तपाई मिडियाहरूले समेत बुझेर हो की नबुझी हो सरकार असफल भयो भनेर नकारात्मक  टिका टिप्पणी गरिरहनुभएको छ।’ प्रधानमन्त्री दाहालले सरकार कामका हिसाबले सफल मात्रै हैन ऐतिहासिक रुपमै सफल भएको पनि दाबी गरे। उनले अहिलेको सरकारले विभिन्न बाधा र अबरोधकावीचमा पनि ऐतिहासिक रेकडै राख्ने गरी काम गरेकाले सरकार सफल भएको बताए।

    मिटरब्याज समस्या समाधान भएको र सुशासनको पक्षमा यो सरकारले चलाएको जस्तो कारबाही प्रक्रिया कहिल्यै नचलेको उनले बताए। अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले पनि सरकार सफल भएको प्रचण्डको दाबी छ। उनले अब सरकार  नयाँ ढंगले अघि बढ्ने स्पष्ट पारे।

    विकास निर्माण र जनताको सेवाको कामहरूलाई अफेन्सिभ रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रधानमन्त्रीको भनाई छ  उनले भने, यो प्लान अनुसार मन्त्रालयलाई टार्गेट दिइन्छ। त्यो पूरा भएन भने कडा रुपमा जाने हुन्छ।’ उनले कोशकीको नामाकरणको विषयको असन्तुष्टिलाई छलफल र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखे। साभार नागरिकन्युज

    Post Views: 203
    प्रकाशित मिति: २०८० पुष ५, बिहीबार २०:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.