काठमाडौं, मंसिर २८ गते / नेपालभाषाको म्युजिक भिडियो एल्बम ‘असं बजाः मंगः बजाः’ बिहीबार कीर्तिपुर पांगामा सार्वजनिक गरिएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठले सार्बजनिक गर्नुभएको सो एल्बममा आठवटा गीत रहेको र त्यसको रचना बरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठ, बंशीधर बज्राचार्य, भुषणप्रसाद श्रेष्ठ, नातीबज्र बज्राचार्य, मंगल महर्जन, चण्डेश्वर महर्जनले गर्नुभएको हो ।
एल्बममा रहेको आठ वटै युगल गीतमा बरिष्ठ संगीतकार मनराजा नकर्मिले एकल संगीत दिनुका साथै पुरुष स्वरमा मोहन शाक्यको एकल स्वर रहेको छ । महिला स्वरमा फरक फरक गायककार गंगादेवी महर्जन, निशा देसार, कविता जोशी, सिर्जना श्रेष्ठ, लसता जोशी, रत्नशोभा महर्जन, सरिता शाही, रोजी डंगोल श्रेष्ठले स्वर दिनुभएको छ ।
एल्बमको आठ वटै गीतको समालोचना वरिष्ठ साहित्यकार तथा निर्देशक प्रकाश सायमीले गर्नुभयो । गीति एल्बमले बुढेसकालमा टाइमपास गर्न सहज हुने गीतकार दुर्गालाल श्रेष्ठले बताउनुभयो । गोरखापत्र




