बर्दिया,मंसिर ४(माउण्टेनसमाचार) / नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गेरुवा गाउँपालिका–६ का ४० वर्षिय प्रकाश खवासलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गत कार्तिक २८ गते राती १० बजेको समयमा खवासले आफ्नै गोठमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । उक्त घटनाको बारेमा आज सोमबार मात्र प्रहरीले जानकारी पाएको जनाएको छ ।
जानकारी पाउने बित्तिकै प्रहरी परिचालित भई खवासलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




