धनगढी, कात्तिक २८ गते / नेपालको भातिय सीमावर्ती बजार बनगाउमा नेपाली ग्राहक कटिएका छन् । सामान किनमेल गर्न गएका तिन जना नेपाली कुटिएका छन् । कुटपिटबाट २३ बर्षिय नेपाली झलक कुवरलाई टाउकोमा चोट लागेको छ । चाडपर्वका समयमा धेरै जसो नेपालीहरु किनमेल धनगढीको सिमावर्ति बजार बनगाउँ जाने गरेका छन । भारतीय बजार बनगाउँमा किनेमेल गर्न गएका नेपालीहरु व्यापारीबाट कुटपिट हुने गरेका छन् । कुटपिटमा परेका अन्य दुई जना नेपालीले आफ्नो नाम खुलाउन चाहेनन् ।

२३ वर्षिय नेपाली झलक कुवर कपडा किन्न बनगाउ पुगेका उनलाई कपडा पसल व्यापारीले टाउकोमा हानेको पीडितले बताए । आफुले लुगा किन्दा नेपाल भन्दा महँगो भएको भने पछि आफुलाइ आक्रमण गरेको उनले बताए । त्यहाँ पसलका व्यापारीहरु मिलेट आफुलाइ कुटपिट गरेको बताए । दैनिक जसो कनिमेल गर्न आएका नेपाली ग्राहक कुटपिटका घटना हुने गरेको भारतको बनगाउ बजारमा चामिन व्यबसाय गर्र्दै आएका एक व्यबसायीले जानकारी दिएका छन् । भारतय बजार बनगाउमा सस्तो समान भनेर बडि पैसा लगेको समान किनमेल गर्न गएकी नेपाली ग्राहक मनसरा धामीले बताइन ।
बनगाउ बजारमा न्यु बलाजी किराना स्टोर र गोल्डी कल्थ कलेक्सनका संचालकले दुइ नेपाली ग्राहकहरुलाइ कुटेको प्रत्यक्षदर्शीले बताएका छन् । वनगाउँमा किनमेल गर्न पुगेका धनगढी उपमहानगरपालिका–४ का तुल्सी ओझा धनगढी बजारमा भन्दा हरेक सामान सस्तोमा पाइने भएकोले किनमेल गर्न जाने गरेको बताए । दैनिक उपभोग्य वस्तु किन्न आफूहरु भारतीय बजार पुग्ने गरेको भए पनि यहाँका ब्यापारीहरुले समान किन्दा तुच्छ ब्यवहार गरेको उनको भनाइ छ । साभार सुदुर पत्र




