• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा तिहारको रौनक

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २५, शनिबार २०:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक २५(माउण्टेनसमाचार) / नेपालीहरुको महान् चाड शुभ दिपावली सुरु भएसंगै बजारमा भिडभाँड बढेको छ । शुक्रबार धनतेरसको दिन देखि गुलरिया बजारमा किनमेल गर्नेको भिडभाँड उल्लेख्य रुपमा बढेको हो ।

    घर र पसलमा लगाईएका झिलीमिली बत्तीले बजार नै झकिझकाउ बनेको छ । गुलरियाको भन्सार रोडमा तिहारका लागि आवश्यक पर्ने सामाग्रीहरु किनमेल गर्नेको भिडभाँड लागेको छ ।

    लक्ष्मी र गणेशको मूर्ति, तामा, स्टीललगायतका भाँडाहरुको पनि उल्लेख्य मात्रामा बिक्री वितरण भइरहेको छ । गुलरिया बजारमा ठाउँ ठाउँमा आकर्षक मूर्तिलगायत पुजाका सामाग्रीहरु बिक्रीको लागि सजाएर राखिएको स्टल देखिन्छ । तिहारको बेला किनमेल बढ्ने भएकोले व्यवसायीहरुले पसल अगाडि विक्री गर्न सामानहरु राखेका छन् ।

    माटाका दियो, झिलीमिली बत्ती, भाइमसला, सप्तरंगी टीकालगायत लक्ष्मी पुजामा आवश्यक सामाग्री किन्नेहरुको चहलपहल बढेको छ ।

    तिहारको लागि आवश्यक सामाग्री किन्नेहरुको भिडभाँड बढेको गुलरिया नगरपालिका–६ भन्सार रोड स्थित एस.के.किराना पसलका अफजल खानले बताए । ‘एउटै ठाउँबाट सेवाग्राहीको माग सम्बोधन हुने गरि पसल अघि स्टल लगाएका छौं’खानले भने,‘लक्ष्मी पुजा र भाई टिकालगायतका अन्य आवश्यक सम्पुर्ण सामाग्रीहरु उपलब्ध छ ।’

    Post Views: 383
    प्रकाशित मिति: २०८० कार्तिक २५, शनिबार २०:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.