• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कसगढ समुदायलाई माटोको दियो बनाउँन चटारो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २४, शुक्रबार २०:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राम प्रसाद चौहान

    बर्दिया,कात्तिक २४/ दिपावली नजिकिएसँगै माटोको दियो बनाउन कसगढ समुदाय यतिबेला व्यस्त देखिन्छन् । परिवारका सदस्यहरु कोही पनि खाली भेटिदैनन् । कसैले विद्युतिय चक्रको सहायताले माटो दियो लगायत सामाग्री बनाउन व्यस्त छन् त कोही बनाएको सामाग्री सुकाउन, मिलाउन त कसैले माटो मुछेर सघाँएको पाईन्छ । यो समुदायलाई अन्य समयमा फुर्सद भए पनि दिपावली नजिकिएपछि व्यस्तता बढ्ने गर्दछ । दिपावलीमा माटोको दियो बाल्ने परम्परा सदियौ देखि चलिआएको छ । दिपावलीमा माटोको दियोको माग बढ्ने भएकोले कसगढ समुदायलाई माटोको दियो बनाउन भ्याइनभ्याई छ ।

    लक्ष्मी पूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको दियोमा दीप प्रज्वलित गर्ने चलन रहे पनि पछिल्लो समय बिद्युतिय झिलिमिली बत्तीको प्रचलन बढेसंगै कसगढ परिवार चिन्तित बनेको छ । विद्युतिय दियो बत्तीले गर्दा माटोको दियो बिक्रीमा कमी आएको कसगढ समुदायले सुनाउँछन् । त्यसैगरी प्लास्टिक, काँच, स्टीलका भाडाँवर्तन प्रयोगमा आएसंगै माटोको भाँडाबर्तनको बिक्रीमा कमी आएपछि कसगढ समुदायको पुर्खौली पेशा नै धरापमा पर्दै गएको छ ।

    गुलरिया भन्सार रोडमा करिब एक दर्जन कसगढ समुदायको बस्ति छ । कसगढ समुदायको मुख्य पेशा नै माटोको भाडावर्तन बनाउने हो । पछिल्लो समयमा माटोको भाडावर्तनको प्रयोग घट्न थालेपछि पुर्खौली पेशा नै संकटमा परेको छ । गुलरिया नगरपालिका–८ भन्सार रोडका रज्जबली कसगढ बुधबार माटोको दियो बनाउन व्यस्त देखिए । दिपावलीलाई मध्यनजर गरि माटोको दियो बनाईरहेको बताए । ‘पहिलाको जस्तो माटोको सामान बिक्री हुदैन,’ उनले भने,‘बजारमा प्लास्टिक सामानको उपलब्धता भए देखि माटोका सामान बिक्रीमा कमी आएको छ ।’ ‘करवा चौथलाई मध्यनजर गरि ५० वटा माटोको करवा बनाएको थिए,’उनले भने,‘१०/१२ वटा मात्र करवा बिक्री भए बाँकी त्यस्तै छ ।’

    पुर्खौली पेशालाई अंगालेको करिब ४२ वर्ष भईसकेको उनले सुनाए । ‘यस पेशामा मेहनत बढी,आम्दानी कम हुन्छ,’उनले भने,‘जसले गर्दा परिवार पाल्न खर्च धान्न मुस्किल छ ।’ सिजनमा माटोको भाडाँवर्तन बनाउने र सिजन बाहेक भट्ठामा काम गर्ने गरेको उनले जनाए । दिपावलीलाई मध्यनजर कसगढ परिवारले अलग अलग गरि करिब ३ लाखको हेराफेरीमा माटोको दियो बनाएको रज्जबली कसगढले जानकारी दिए ।

    कसगढ समुदायको पेशा संकटमा परेको गुलरिया नगरपालिका–८ की सरिफुन कसगढले बताईन् । ‘माटोको भाडावर्तन बनाउन धेरै समस्या छ,’ उनले भनिन्,‘हाम्रो खेतबारी छैन ।’ मुख्य पेशा नै माटोको सामाग्री बनाउने हो । माटोको भाडावर्तन बनाउन महंङगोमा माटो किन्नुपर्छ । एक बुग्गि माटो रु पाँच सयमा पाईन्छ । त्यसैगरी माटोको भाडावर्तन पकाउन भुस र दाउरा चाहिन्छ । त्यो पनि महंङगो पर्छ । राम्रो माटो नपाएर समस्या छ ।

    पाईने माटोमा कंकडको मिसावट हुँदा तयार गरेको अधिकांश माटोको सामाग्री फुटेर मेहनत खेर जाने गरेको उनले दुखेसो सुनाईन् । यी समस्यालाई सरकारले समाधान गरिदिए माटोको सामाग्री बनाउन सहज हुने उनले जनाईन् । पुजापाठमा आवश्यक पर्ने सम्पुर्ण माटोको सामाग्री तयारी अवस्थामा पाईन्छ । माटोको दियो, कलश, लाखबत्ति, भुड्की, बच्चाहरुको खेलौनालगायत सामाग्री पाईने उनले जानकारी दिईन् ।साभार फरकसमाचार

     

     

     

    Post Views: 316
    प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार २०:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.