• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेटमा राजापुर नगरपालिकाको जीत 

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ५, आईतवार १३:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, कार्तिक ५ गते / बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजित गर्दै राजापुरले कप उचालेको हो ।

    टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रनको लक्ष्य दिएको थियो । गुलरिया नगरपालिकाले खराब प्रर्दशनगर्दै १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ३४ रन मात्र बनाउन सक्यो । क्रिकेट प्रतिस्पर्धामा राजापुरका अजय सहानी म्यान अफ द सिरिज, गुलरियाका समिर आचार्य उत्कृष्ट ब्याट्स म्यान, मधुवनका आकाश खत्री बेष्ट वलर र राजापुरकै शुभाष तिमिल्सिना म्यान अफ द फाइनल म्याच घोषित भए । विजेता टोलीले १ लाख १ हजार १ सय ११ रुपैया , उपविजेता ५१ हजार र विधागत उत्कृष्ट प्रति खेलाडीहरुले १५ सयका दरले पुरस्कार, प्रमाण पत्र, कप तथा मेडल पाएको बारबर्दिया नगर खेलकुद संयोजक विवेक डाँगीले जानकारी दिनुभयो । नगर खेलकुद बिकास समिति बारबर्दियाको आयोजना तथा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा गरिएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद जुवेदा खातुन जागा, बिषेश अतिथी बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु र राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रमुख अतिथी खातुनले क्रिकेटका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन खेलाडीहरुको योगदान रहने भएकाले सहयोगको लागि आफू सधैं तयार रहेको बताउनु भयो । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले क्रिकेट विकासको लागि सहयोग बढाउन सरकारसँग आग्रह गर्नुभयो । बारबर्दिया प्रमुखले नगरका क्रिकेट खेलाडी उत्पादन गर्न नगरपालिकाले बर्षेनी प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रमका प्रायोजक, खेलाडी, पत्रकार लगायत स्थानियको सहभागीता थियो ।

    Post Views: 385
    प्रकाशित मिति: २०८० कार्तिक ५, आईतवार १३:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.