• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव

  •  
  • २०८२ बैशाख ६, शनिबार १७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि निरन्तर अत्याचार भइरहेको छ। यसैबिच उत्तरी बंगलादेशमा एक प्रमुख हिन्दु अल्पसंख्यक नेता भावेश चन्द रायको अपहरणपछि र हत्या भएको छ ।

    यस घटनाको चौतर्फी निन्दा भएको छ । साथै मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशी अन्तरिम सरकारले आफ्ना अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाइएको छ।

    बंगलादेशमा प्रमुख हिन्दुवादी नेतालाई अज्ञात व्यक्तिहरूले बिहीबार घरबाटै अपहरण गरेका थिए

    मिडिया रिपोर्टका अनुसार ५८ वर्षीय रायलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटपिट गरी हत्या गरिएको हो ।

    उनी बंगलादेश पूजा उद्यापन परिषद्को बिरल इकाईका उपाध्यक्ष थिए । हिन्दू समुदायमा उनको बलियो पकड थियो । उनी ढाकाबाट लगभग ३३० किलोमिटर टाढा दिनाजपुरको बासुदेवपुर गाउँका बासिन्दा भएका त्यहाँका प्रहरीले बताएको छ।

    भावेशचन्द्र रायकी श्रीमती शान्तनाले भनिन्, ‘श्रीमानलाई बिहीबार दिउँसो साढे ४ बजे फोन आएको थियो । फोन गर्ने व्यक्तिले भावेश घरमा छन् कि छैनन् भनेर जान्न चाहे ।’ त्यसको लगभग आधा घण्टापछि दुई वटा मोटरसाइकलमा चार जना मानिस घरमा आएर आफ्ना श्रीमानलाई जबरजस्ती लगेका उनले बताएकी छन् ।

    प्रत्यक्षदर्शीहरूका अनुसार भावेशलाई नजिकैको नाराबारी भन्ने गाउँमा लगिएको थियो र त्यहाँ निर्ममतापूर्वक कुटपिट गरिएको थियो । बिहीबार साँझ नै आक्रमणकारीहरूले भावेशलाई अचेत अवस्थामा भ्यानमा राखेर उनको घर पठाइदिएका थिए ।

    उनलाई पहिले नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि दिनाजपुर मेडिकल कलेज लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।

     

     

     

    रातापाटी/  साभार

    Post Views: 468
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १७:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.