• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अमेरिकाको डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेश गर्ने १० जना दूतावासबाटै पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १९, शुक्रबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,माघ १९ /प्रहरीले अमेरिकाको ईलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने १० जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुमध्ये विवके उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको प्रहरी प्रवक्ता सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    अन्य ७ जनालाई भने काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले बताए । प्रहरीले धनुषा सबैला १२ घर भइ हाल चावहिल बस्ने ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर मनहरु ९ घर भइ हाल चितवन बस्ने ३३ वर्षीया भगवती उप्रेती, लमजुङ बेशीशहर ५ घर भइ हाल ललितपुर बस्ने २४ वर्षीया रोना गुरुङ, ललितपुरका २५ वर्षीय संजय महर्जन, चितवन भरतपुर १२ घर भएका हाल नक्साल बस्ने २५ वर्षीय सुमन ढकाललाई पक्राउ गरेको छ ।

    त्यस्तै, पक्राउ पर्नेमा अन्य सिरहा स्थायी ठेगाना भइ हाल सुर्यविनायक भक्तपुर बस्ने २९ वर्षीय सक्षम अर्याल, सर्लाही लालबन्दी ४ घर भइ हाल धुम्बाराही बस्ने ३५ वर्षीय सुरज अधिकारी, दोलखा चरिकोट ९ घर भएका हाल ललितपुर बस्ने २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा वीरगञ्ज १० घर भइ हाल बानेश्वर बस्ने २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही हरिवन ९ का २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।

    उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको छ । साभार नेपालप्रेस

    Post Views: 269
    प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार ०८:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.